७ बैशाख २०८१, शुक्रबार

बाँकेमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु


महिलाको मृत्यु

नेपालगञ्‍ज, असार ३ । बाँके जिल्लामा कोरोना भाइरस (कोभिड-१९) बाट १ जना महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । स्वास्थ्य थथ जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी रहेको छ ।

ती महिला बिरामी भएपछि ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएकी थिइन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । महिलाको शव मेडिकल कलेज, कोहलपुरमा रहेको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ । यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो । बाँकेमा ३२३ जना संक्रमित देखिदा २०७ जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !