१४ बैशाख २०८१, शुक्रबार

५ वर्षीया बालिका बलात्कार गर्ने थापालाई जन्मकैद


crimes

पुस ३, तनहुँ । एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका नवीन थापालाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । ५ वर्षीया बालिकालाई तनहुँको बलात्कार गरेको आरोपमा व्यास नगरपालिका–७ का थापालाई जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो ।

गत साउन १ गते बालिकालाई बलात्कार गरेको अभियोगमा थापा साउन २ गते पक्राउ परेका थिए । उनी साउन २४ गतेदेखि पुर्पक्षको लागि जिल्ला कारागारमा थुनामा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !