१८ बैशाख २०८१, मंगलबार

सांसद गौतमको डेरावाट गहना, र १ लाख नगदसहित चोरी


१५ कात्तिक, काठमाडौं । सांसद राजेन्द्र गौतमको काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बुधबार दिउँसो चोरी भएको छ ।

संखुवासभाबाट निर्वाचित सांसद सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको उनले बताए । गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !