१५ जेष्ठ २०८१, मंगलबार

चोरीको आरोपमा दुई पक्राउ


crimes

२५ वैशाख, राजविराज । सप्तरीको राजविराज नगरपालिका–७ की शान्तिदेवी राउतको घरमा चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वननिक गरेको छ ।

राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सप्तरीको तिलाठी कोइलाठी गाउँपालिका– ८ का नवल मण्डल र अर्जुन मण्डललाई राउतको घरमा चोरी गरी फरार रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । राउतको घरमा पशु फर्म खोली बसेका उनीहरुलाई रु एक लाख सत्र हजार चोरी गरेको आरोप छ ।

यसैवीच हनुमाननगर–राजविराज सडकखण्डअन्तर्गतको राजविराजबाट लागुऔषधसहित स्थानीयवासी अरुण साहलाई पक्राउ गरिएको छ । अभियुक्तका साथबाट २६ थान फेनारगन, २ एमएलको २२ थान डाइजाल्याब र २ एमएलको २५ थान लुपिजेसिक बरामद गरिएको प्रहरीले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !