६ जेष्ठ २०८१, आइतबार

एक्साभेटरमा आगजनी


fire

११ वैशाख, पाल्पा । तानसेन–रामपुर सडकखण्डको पूर्वखोला–१, जब्गादी नजिक रहेको एक्साभेटरमा सोमबार राती अज्ञात समूहले आगजनी गरेको छ । अन्दाजी राती १० बजेको समयमा एक्साभेटरमा आगजनी भएको हो ।

सडक चौडा गरेर पार्कीङ्ग गरि राखिएको बा २ ख ३७८० नम्बरको एक्साभेटरमा आगजनी हुँदा एक्साभेटर पूर्ण रुपमा जलेको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए । आगजनी गर्ने समूहको खोजी भैरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !