६ जेष्ठ २०८१, आइतबार

लुटपाट र सार्वजनिक यातायातमा पकेटमार गर्ने ३ जनाको गिरोह पक्राउ


crimes

१८ चैत, काठमाण्डौ । काठमाण्डौ उपत्यकाका विभिन्न रुटमा चल्ने सार्वजनिक सवारी साधन, एकान्त बाटो र प्रतिक्षालयमा लुटपाट र चोरी गर्ने ३ जनाको गिरोह पक्राउ परेका छ ।

महानगरीय प्रहरी वृत्तको टोलीले काठमाण्डौ दक्षिणकालीका रामबहादुर तामाङ, सिन्धुपाल्चोक सुनकोशीका असलमान तामाङ र रामेछाप मन्थलीका राजकुमार माझी पक्राउ गरेको हो ।

उनीहरु पकेटमारी, मोवाइल चोरी र लुटपाटमा संग्लन रहेको प्रहरीले जनाएको छ । उनीहरुवाट २० हजार नगद पनि बरामद भएको छ । उनीहरुलाई काठमाण्डौ जिल्ला अदालतवाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा डिएसपी मोहन थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !