१४ बैशाख २०८१, शुक्रबार

विप्लवका कार्यकर्ताद्वारा ट्याक्टरमा आगजनी


fire

११ चैत, संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी विप्लवका बन्दकर्ताले संखुवासभाको चैनपुर नगरपालिका ४ दोभानेमा को २ त ४६६३ नम्बरको ट्याक्टरमा आगजनी गरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै बन्द गर्दै हिँडेका ५ जनाको समूहले ट्याक्टरमा आगजनी गरेका हुन् ।

चैनपुरवाट पाँचखपन नगरपालिकातर्फ गएको ट्याक्टरमा आइतबार बिहान ८ बजे आगजनी गरिएको हो । ट्याक्टर जलेर पूर्ण रुपमा नष्ट भएको संखुवासभा प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !