१४ बैशाख २०८१, शुक्रबार

सनराइज बैंकको काउन्टरमा चोरी


sunrise bank

५ चैत, सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको सनराइज बैंकको काउण्टरमा आइतबार राति चोरी भएको छ ।

काउण्टरमा राखिएको सीसीक्यामेरा फुटाएर १० लाख रुपैयाँ चोरी भएको बैंकका सहायक मेनेजर दिनेश अधिकारीले बताए ।

सोमबार कार्यालय समयमा कर्मचारी आउँदा काउण्टरको ढोका फोडेर चोरी भएको उनले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी पोष्टका प्रहरी नायव निरीक्षक (सई) तीलक गिरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !