१४ बैशाख २०८१, शुक्रबार

रु ४५ लाख नगद सहित गाडीचालक पक्राउ


crimes

२२ फागुन, विराटनगर । भारतीयवाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई रु ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरेको छ ।

उनलाई रानी भन्सारको मुख्य गेट नेपालतर्फवाट विहान १० बजे प्रहरीले भारत अररिया फारबीसगञ्चका ४५ वर्षीय नारायण साहलाई पक्राउ गरेको हो

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय नारायण साहलाई विआर ११ एए ६२६५ नं को भारतीय कारको सिटमुनि विशेष स्थान बनाई उक्त रकम ल्याइरहेका अवस्थामा प्रहरीले जाँचका क्रममा विराटनगर–१५ वाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार उनलाई सुदृढीकरण अभियोगमा मुद्धा चलाउने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !