५ जेष्ठ २०८१, शनिबार

रञ्जनाको हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ


crimes

१५ माघ, पाेखरा । गत ८ पुसमा जनकपुर उपमहानगरपालिका–२, किशोरनगरीमा हत्या गरिएकी २२ वर्षीय रञ्जना शर्माको हत्यामा संंलग्न भएकाे हुन सक्ने अाशंकामा तीन जना पक्राउ परेका छन् । पोखराकाे अमरसिंह चोकवाट उनका श्रीमान् आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र उनकी श्रीमति रिकुकुमारी शर्मालार्इ पक्राउ गरिएको हो । पक्राउ परेका शर्मा पोखराको वन विज्ञान अध्ययन संस्थान र ठाकुर अमरसिंहचोकको वाणिज्य बैंकमा कार्यरत छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय, धनुषाको पत्र अनुसार उनीहरुलाई पक्राउ गरिएको बताए । उनका अनुसार साेमबार नै पक्राउ परेकाहरूलार्इ धनुषा प्रहरीकाे जिम्मा लगाइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !