८ जेष्ठ २०८१, मंगलबार

भक्तपुरमा व्यावसायीको हत्या


crimes people

३ माघ, भक्तपुर । माटो व्यवसायमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

बुधबार बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !