१४ बैशाख २०८१, शुक्रबार

रुपन्देहीमा काठ ब्यवसायी माथि गोली प्राहर  


guns

२१ पुस, काठमाण्डौ । रुपेन्देही नगरपालिकामा काठ व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको छ । अपरिचित समूहले गोली हानेर शुक्रबार मध्यान्ह उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिकाको खैरेनीमा आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए । गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !