८ जेष्ठ २०८१, मंगलबार

धरानमा लागुऔषध सहित १ जना पक्राउ


Arrested accused

सुनसरी, जेठ १३ । सुनसरीको धरान उप-महानगरपालिका-९ बाट ठुलो परीणामको लागुऔषध र नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। आज दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-९ बगैचा टोलबाट स्पास्मोप्रोक्सिवन प्लस १२८० क्याप्सुल, Nitrosun ३०० ट्याबलेट , DIALEX-DC 100 ML लेखिएको ८० बोतल, नगद रु २,३७,०००/- (दुईलाख सैतिस हजार) र मोवायल १ थान सहित स्थानीय ४१ बर्षीय शुभचन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध र नगद सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !