१४ बैशाख २०८१, शुक्रबार

लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किने १० पक्राउ


पक्राउ

११ चैत, चितवन । नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीवाट एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ परेका छन् । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।

लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने र अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !