२३ बैशाख २०८१, आइतबार

अवैधरुपमा बालुवा उत्खनन् गर्ने नियन्त्रणमा


राष्ट्रिय गौरव

कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नं २ र ५ भएर बग्ने मछेली नदीबाट अवैधरुपमा बालुवा उत्खनन् गर्ने वर्ष २६ का आकाश रानालाई ट्याक्टरसहित प्रहरीले आज नियन्त्रणमा लिएको छ । से १ त ८२५९ नम्बरको ट्याक्टरमा निषेधित क्षेत्रबाट बालुवा उत्खनन् गरिरहेको अवस्थामा रानालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नगरपालिका कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

यसअघिसमेत प्रहरीले दुई जनालाई अवैधरुपमा बालुवा उत्खनन् गरिरहेका बेला नियन्त्रणमा लिई नगरपालिका कार्यालयमा बुझाएको थियो ।

लागुऔषधसहित युवक पक्राउ

बेलौरी नगरपालिका–१ फटियाबाट सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका वर्ष २७ का सन्तोषबहादुर चन्दलाई लागुऔषधसहित आज पक्राउ गरेको छ ।

सुपप्र ०१–००८ प ९९७८३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका बेला सशस्त्र प्रहरीको सीमा गस्ती टोलीले शङ्का लागि जाँच गर्दा लागुऔषध बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेका चन्दको साथबाट स्पास्मो १७ ट्याबलेट, भ्याट २ ट्याबलेट, एक थान मोबाइल र नगद रु एक हजार ३२५ बरामद गरिएको छ ।

पक्राउ परेका चन्दलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !