२१ पुस २०८१, आइतबार

प्रहरीद्वारा रामकुमारी झाँक्रीलाई बुद्धनगर निवासवाट गिरफ्तार


नेकपा नेत्री रामकुमारी झाँक्रीलाई बुद्धनगर निवासवाट प्रहरीद्वारा गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले काठमाडौँको बुद्धनगरस्थित निवासवाट गिरफ्तार गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । उनलाई प्रहरी पकाउ गर्न जाँदा आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन् ।

महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ । राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

उनलाई गिरफ्तार गर्नुअघि उनका समर्थकहरु राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रशाशनको विपक्षमा र झाँक्रीको पक्षमा नारावाजी गरेका थिए ।

यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको छ ।

नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ पूर्जी

यो पनि पढ्नुहोस्

झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुद्वारा नाराबाजी

झाँक्रीका समर्थक कार्यकर्ताहरुको नाराबाजी : रामकुमारी झाँक्री हाई, हाई, केपी, विद्या बाई बाई !

रामकुमारी झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा

नेकपा नेतृ झाँक्रीलाई सोधपुछका लागि बोलायो प्रहरीले, पक्राउको तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !