६ बैशाख २०८१, बिहिबार

रामकुमारी झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा


रामकुमारी झाक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा छ । उनका समर्थकहरु राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रशाशनको विपक्षमा र झाँक्रीको पक्षमा नारावाजी गरिरहेका छन् ।

अहिलेसम्म उनलाई प्रहरीले पकाउ गरेको छैन भने उनले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् । हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो ।

राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । उनलाई बिहीबार बिहान १० बजे आउन भनेपनि उनले आउन अस्वीकार गरेकी थिइन् ।

उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि आजै पक्राउको तयारी गरेको हो । यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !