२१ बैशाख २०८१, शुक्रबार

हत्याको अभियोगम तीन पक्राउ


पक्राउ

सिन्धुपाल्चोक, ३० असोज । प्रहरीले ज्यान मारेको अभियोगम तीन जनालाई पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी ३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

प्रहरीले ललितपुर महानगरपालिका ८ बालकुमारी बस्ने १९ वर्षीय ज्यास्मिन व्यञ्जनकार, १९ वर्षीय शीतल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी घर भई ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोठा बस्ने वर्ष १९ को सौरभ क्षेत्रीलाई पक्राउ गरेको हो ।\

कटुवालको शव यही असोज २६ गते उनकै निवासमा फेला परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !