६ जेष्ठ २०८१, आइतबार

झापामा नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ


पक्राउ

झापा, श्रावण १५ । झापाको २ छुट्टाछुटै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जिवन खत्रि दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित बुधवार दिउँसो २ बजे कन्काई नगरपालिका-४ ईलुवारीबाट पक्राउ गरेको हो ।

यसैगरी सोही टोलीले बिर्तामोड नगरपालिका-४ घर भई अर्जुनधारा नगरपालिका-६ बस्ने २० बर्षीय निकेश राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित बुधवार बेलुका ७ बजे निजको डेरा छेउबाट पक्राउ गरेको हो । नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !