२१ बैशाख २०८१, शुक्रबार

बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ


पक्राउ

चिप्लेढुङ्गा, ३१ असार । बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारी पक्राउ परेका छन् ।

बुधबार दिउँसो २ः३० बजे कास्की प्रहरीको कन्ट्रोल रुममा एक महिलाले आफूमाथि बलात्कार सम्बन्धमा मौखिक उजुरी गरेकी थिइन् । कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले कन्ट्रोल रुममा घटनाको बारेमा जानकारी आएलगत्तै कास्की प्रहरी परिचालन भएर अधिकारीलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

नायब उपरीक्षक हमालका अनुसार अधिकारीलाई लामापाटन तालीम केन्द्र परिसरबाटै पक्राउ गरिएको हो । चितवनकी अन्दाजी ३० वर्षीय महिलालाई अधिकारीले आफ्नै क्वाटरमा खाना खान बोलाएको र उक्त हर्कत गरेको हुनसक्ने प्रारम्भिक बयानबाट देखिएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका अधिकारी मङ्गलबार मात्र प्रहरी प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए । साउन १ गते तोकिएको ठाउँमा हाजिर हुनु एक दिन अघि बलात्कार जस्तो जघन्य अपराधमा उनी मुछिएका छन् ।

उक्त घटनामा महिलाले लिखित जाहेरी दिएको घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !