१८ बैशाख २०८१, मंगलबार

सवारी दुर्घटनामा महिलाको मृत्यु


मृत्यु

दमौली, १० फागुन । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । सोही बसमा सवार रहेकी महिला ओर्लिएपछि बसको पाङ्ग्राले किचेको थियो । घाइते महिलाको दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !