१६ आश्विन २०८१, बुधबार

मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु


मृत्यु

पुस ८, कास्की । पोखरा महानगरपालिका–२५ हेम्जास्थित हनुमानचोकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिँदा आज एक जनाको मृत्यु भएको छ ।घटनामा अर्र्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा हेम्जा निवासी १८ वर्षीय आशिष कुँवर हुन् । दुर्घटनामा गम्भीर घाइते कुँवरको उपचारार्थ अस्पताल लाँदै गर्दा ज्यान गएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

मोटरसाइकल पछाडि बसेका वर्ष १८ का प्रविण पुनको उपचार भइरहेको प्रहरीको भनाइ थियो । पोखरा–१ सिम्पानीस्थित करुणानिधी माविमा कक्षा १२ मा अध्ययन गर्ने दुवै जना बिहान ६ बजे क्याम्पस जाँदै गर्दा उनीहरु चढेको ग १४ प ८१५१ नं को मोटरसाइकल सडकको छेउमा एक्साभेटर बोकेर रोकी राखेको ना १ क ७१६४ नं को ट्रकसँग ठोक्किएको थियो । दुर्घटना लगत्तै स्थानीयले उनीहरुलाई अस्पताल पु¥याएका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !