१९ बैशाख २०८१, बुधबार

दुर्घटनाका कारण २५ को निधन


दुर्घटना

८ कात्तिक,  डोटी । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ को तीन महीनामा २१ सवारी साधन दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् । गत साउन महीनामा चार वटा सवारी दुर्घटनामा तीनजनाको, भदौ महीनामा १४ दुर्घटनामा सात जनाको र असोज महीनामा ११ दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराका अनुसार सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेत नहुनुुलगायत कारणले दुर्घटना बढेको हो । आव ०७२/०७३ मा १५५ सवारी दुर्घटनाबाट १२१ जनाले ज्यान गुमाएका थिए । त्यस्तै आव ०७३/०७४ मा १८४ दुर्घटनामा १३२ ले र आव ०७४/०७५ मा १६४ सवारी दुर्घटनाबाट १६६ ले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्क छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !