२१ बैशाख २०८१, शुक्रबार

चितवनमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा १ जना को मृत्यु


दुर्घटना

चितवन । पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका-९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका-६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु१ख ६५८१ नंको तेल बोकेको ट्याङ्करले ना४१प ९८६२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र चालकको खोजी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !