१४ बैशाख २०८१, शुक्रबार

रुकुम पश्चिम जीप दुर्घटना : ५ जनाको मृत्यु (अपडेट)


दुर्घटना

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका-७ पोखरामा ५ जनाको मृत्यु भएको छ ।

आठबीसकोट-२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट-८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली, सोही नगरपालिका-७ का ५१ वर्षीय कलिभान नेपाली र सोहि नगरपालिका-८ का ५८ वर्षीय लालबहादुर सार्कीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।

चालक डिल्लीबहादुर नेपाली शुक्रबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ । यो सडकखण्डमा थोत्रा गाडी सञ्चालनमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु