६ जेष्ठ २०८१, आइतबार

डोजरमा आगजनी


आगलागी

२७ फागुन, कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरीस्थित महाकाली गौरव विल्र्डसको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले आज बिहान आगजनी गरेको छ ।

क्रसर उद्योगमा राखिएको रु ४५ लाख मूल्य पर्ने से१क २५८ नम्बरको जेसिभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्केर जेसिभीमा आगजनी गरिएको छ ।

घटनास्थलबाट प्रहरीले क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको, मजदूरको श्रम शोषण गरेको र इनक्लाब जिन्दावादलगायतका कुरा उल्लेख भएको पर्चा बरामद गरेको छ । क्रसर उद्योगका सञ्चालक प्रमानन्द कपाडीले पर्चामा उल्लेख भएअनुसारको कुनै पनि कार्य उद्योगमा नगरिएको बताउनुभयो ।

“उद्योग मापदण्डअनुसार सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “कुनै पनि मजदूरको श्रम शोषण गरेका छैनौँ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले आगजनी गर्ने समूहको खोजी भइरहेको बताउनुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !