१६ आश्विन २०८१, बुधबार

बहुविवाह गर्ने जोडी पक्राउ


marriage

९ माघ, भोजपुर । बहुविवाहका आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गरिएको हो ।

विवाहपछि वडा कार्यालयमा मिलाउनका लागि छलफल गरिएकामा नमिलेपछि प्रहरीमा उजुरी परेको थियो । लालबहादुरले २०६९ सालमा जेठी श्रीमती प्रमिलासँंग विवाह गरेका थिए । जेठीपट्टि एक सन्तान पनि छन् । उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुन ठगी गर्ने कारागारमा
सुन सफा गरीदिने भन्दै ठगी गर्दै हिँड्ने छ भारतीयमध्ये २ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले लवकुश शाह र रमेशकुमार शाहलाई पुपक्र्षका लागि सोमबार कारागार चलान गरेको हो । त्यस्तै चार जना जनही रु ३५ हजार धरौटीमा छुटेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !