२२ बैशाख २०८१, शनिबार

दुर्घटनामा सत्ताइस जना घाइते


durghatana

९ माघ, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् ।

काठमाडौंबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !