१४ जेष्ठ २०८१, सोमबार

मकवानपुरमा लागुऔषध प्रयोगकर्ता पाँच हजार


Nepalpatra

२६ पुस, हेटौडा । हेटौडा–९ की कमला मिजार हेटौँडाको एक उद्योगमा कार्यरत हुनुहुन्छ । आफ्नो छोराको असाध्यै माया गर्नुहुने उहाँले छोरालाई दैनिक एक/दुई सय खर्च दिने गर्नुहुन्थ्यो, आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च दिन कहिल्यै कन्जुस्याइ गर्नुभएन ।

नौ कक्षा पढ्दै गरेको छोरा दिउँसो कहाँ जान्छ, के गर्छ त्यता उहाँले ध्यान नै दिन भ्याउनुभएन । आफू घर आउँदा छोरा घरमै पाउँदा कमला छोराप्रति झन् गद्गद् नै हुनुहुन्थ्यो । बिस्तारै छोरो धेरै नै सुत्ने र उसको आँखा रातोरातो हुने गरेको देखेपछि भने कमलाको मनमा शंका उब्जियो र निगरानी गर्दा उ कुलतमा लागेको थाहापाएपछि भने छाँगाबाट खसेको जस्तै हुनुभयो ।

बारम्बार साथीको जन्मदिन भन्दै छोरो कहाँ जान्छ वा आफू अफिस गएको बेला छोरोले के गर्दोरहेछ भन्ने थाहा पाउन उहाँले धेरै नै कुर्नुप¥यो ।

छोरोले लागुऔषध सेवन गर्ने गरेको थाहा पाउनुअघि उहाँले अस्पताल मात्र होइन, ‘माता’ कहाँसमेत धाउनुभयो । माताले छोरोलाई कसैले बिगार पारेको भनेर खरानी फुकेर खानदिए पनि रोग निको नभएकाले पछि आफन्तको सल्लाहमा सौजन डिसीसँग भेट गर्नुभयो । डिसी पूर्व लागुपदार्थ प्रयोगकर्ता भएपनि अहिले उनी दुव्र्यसनविरुद्धको अभियानमा लागेका व्यक्ति हुन् ।

डिसीले कमलाको छोरालाई दुव्र्यसनबाट छुटकारा मात्र दिलाएनन् मानव जीवनको महत्व पारिवारिक सम्बन्धबाट हुने फाइदाबारे पनि सिकाए ।

प्रशस्त पैसा भएपनि र आमाबाबुको ध्यान नपुग्दा छोराछोरी कुलतमा पनि सक्छन् भन्ने उदाहारण हो । कमला मिजारको सत्यकथा ।

जिल्ला लागुऔषध समन्वय समितिले लागुऔषधको प्रयोगको रोकथाम गर्न के गर्न सकिन्छ भन्ने विषयमा हेटौँडामा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै कमला मिजारले आफूले भोगेका पीडा सुनाउनुभएकोे हो । आमाले बोलिरहँदा छोरा विश्वास भने मुसुमुुसु हाँस्दै आमाको भिडियो खिच्दै थिए । जिल्ला लागुऔषध समन्वय समितिका संयोजक सन्दीप शाक्यका अनुसार मकवानपुरमा ७२० जनाले सुइमार्फत लागुऔषध प्रयोग गर्दै आएका छन् । अन्य विधिमार्फत लागुऔषध प्रयोग गर्नेको सङ्ख्या पाँच हजारभन्दा माथि छ । मकवानपुरमा छ वटा पुनःस्थापना केन्द्र छ् ।

देवानी र फौजदारी संहितासम्बन्धी सचेतना

कानून, न्याय तथा संसदीय मामिला मन्त्रलयको आयोजनामा हेटौडाडामा देवानी र फौजदारी संहितासम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा दुबै संहिताको विविध विषयमा जानकारी गराउनाका साथै सूचना प्रविधिको विकासलाई समेत विचार गरी न्याय प्रशासन तथा सम्पादनलाई आधुनिकीकण गर्न तथा प्रविधिमैत्री बनाउन एवं प्रविधिको विकासबाट सिर्जित कतिपय कसुरजन्य कार्यलाई कानूनको दायरामा ल्याउन संहिता आवश्यक भएको जानकारी दिइएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !