१६ आश्विन २०८१, बुधबार

सागर पुन घाइते छ महीना मैदान बाहिरै


नेपाली क्रिकेट

७ पुस, काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ ।

दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिनुभयो ।

सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !