१६ आश्विन २०८१, बुधबार

जबर्जस्ती करणीका आरोपित फरार व्यक्ति पक्राउ


पक्राउ

५ पुस, सुर्खेत । जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठह¥याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका साउदका छोरा ५४ वर्षीय वासुदेव साउद हुन् । सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकेको थियो ।

विशेष अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !