२० बैशाख २०८१, बिहिबार

वृद्धालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ


पक्राउ

२८ मङ्सिर, भादगाउँ । सूर्यविनायक नगरपालिका–९ नङ्खेलस्थित जिरो हनुमान इँटाभट्टामा काम गर्ने एक ६० वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मङ्सिर २५ गते डर त्रास देखाई जबर्जस्ती गरेको भन्ने जाहेरीका आधारमा सोही इँटाभट्टामा काम गर्ने बागलुङ धारापानी गाउँपालिका–३ का ३६ वर्षीय अमरबहादुर विकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

उनलाई जबर्जस्ती करणी मुद्दामा अदालतमा पेश गरी त्यसबारे थप अनुसन्धान कार्य अगाडि बढाइएको पनि उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !