१६ आश्विन २०८१, बुधबार

सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ


पक्राउ

२१ मङ्सिर, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ ।

काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

परिसरका प्रमुख वसन्त लामाले मदिरा र लागुऔषध दुुव्यर्सनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधार गृहमा सुधार गर्नुुभन्दा पनि यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको जानकारी दिनुुभयो ।

“सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना भागेर प्रहरीको शरणमा आएर आफूले सुधार गृहमा भोग्नुुपरेका समस्या राखेपछि र उनीहरुको परिवारले सञ्चालकलाई कारवाही र सुुधार गृहमा रहेकालाई उद्धार गरी पाउँ भन्ने निवेदनका आधारमा बाँकी २१ जनालाई बिहीबार उद्धार गरेका हौँ,”उहाँले भन्नुभयो, “उद्धार गरेका सबैलाई परिवारको जिम्मामा समेत लगाइसकिएको छ ।

प्रतिव्यक्ति मासिक रु ३५ हजारका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिई विभिन्न किसिमको शारिरीक तथा मानसिक यातना दिने गरेको अनुुसन्धानबाट खुलेको छ, प्रमुुख लामाले भन्नुभयो, “अभिभावक गम्भीर नबनेका कारण यस्तो घटना घटेको हो ।”

पाँच वर्ष पहिला कपनमा सञ्चालमा रहेका उक्त सुधारगृह दुुई वर्षदेखि सुुकेधारामा सञ्चालित छन् । पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुुसार कारबाही गरिने परिसरले जनाएको छ ।

डकैती मुुद्दामा फरार अभियुुक्त पक्राउ

यसैगरी महानगरीय अपराध महाशाखाले डकैती मुुद्दामा फरार अभियुुक्तलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले केही समय अगाडि इटहरीमा रहेको आइएमइका कर्मचारीलाई पेस्तोल देखाएर रु तीन लाख लुुटी फरार रहेका इटहरी नगरपालिका सुनसरीका राजन लिम्बूलाई आज दिउँसो धोवीखोला कालोपुलबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कर्तव्य ज्यान र डकैती मुद्दामा फरार रहेका लिम्बूलाई पक्राउ गर्न खोज्दा उनले पेस्तोल देखाएर भाग्न खोजेकाले बाध्यभएर प्रहरीले एक राउण्ड गोली प्रहार गरी नियन्त्रण लिएको जानकारी दिनुुभयो ।

लिम्बूको अवस्था सामान्य रहेको र अहिले वीर अस्पतालमा उनको उपचार भइरहेकोे छ । विभिन्न घटनामा संलग्न लिम्बूको यसअघि महाशाखा र परिसरमा छ वटा उजुरी परेको थियो । सो उजुुरीका आधारमा लिम्बूलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !