१६ आश्विन २०८१, बुधबार

दुर्घटनामा एक जनाको मृत्यु


निधन

१९ मङ्सिर, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ ।

ना३२प ८३९० नं को स्कुटर दुर्घटना हँुदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ । गौतम गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमका छोरा हुन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !