१६ आश्विन २०८१, बुधबार

दुर्घटनामा एकको मृत्यु


निधन

१६ मङ्सिर, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका– ६ दशकिलोमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा गजुरी गाउँपालिका निवासी ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल पछाडि बसेका ४२ वर्षीया धनकुमारी भण्डारी रहेको र उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । धादिङबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८३९५ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नं को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !