६ जेष्ठ २०८१, आइतबार

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते


durghatana

१६ मङ्सिर, लमही । दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृत्यु हुनेमा रा२प ७५३७ मा सवार राप्ती–५ कालापानीका ३५ वर्षीय देवलाल चौधरीको कोहलपुर मेडिकलमा उपचारको क्रममा आज बिहान ४ बजेतिर मृत्यु भएको हो । अन्य घाइतेको सोही मेडिकलमा उपचार भइरहेको दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । मोटरसाइकलमा दुई/दुई जना सवार थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !