२० बैशाख २०८१, बिहिबार

बालिका र युवतीमाथि सामूहिक बलात्कार


crimes

२६ कात्तिक, लहान । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् ।

पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

बलात्कार घटनामा संलग्न रहेका सातै जना फरार रहेको र उनीहरूको विशेष प्रहरी परिचालन गरी तीव्रगतिमा खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चार जनाको नाम नखुलेको प्रहरीको भनाइ छ ।

लहानका हरि चौधरीले मेरो बर्थ डे हो बर्थ डे पार्टीमा आउनुप¥यो भनी बोलाएको र उनको घरमा पुगेका बेला आफूहरुमाथि सामूहिक बलात्कार भएको पीडित युवतीले बयान दिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

अवैध समानसहित मोटरसाइकल बरामद

प्रहरीले सिरहा नगरपालिकाको माडरबाट करीब रु एक लाख मूल्य बराबरको अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीको टोलीले भारतबाट मोटरसाइकलमा अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा रहर दाल, चिप्स, फर्चुन तेल, मसाल तेल, मखन, रजनीगन्धा, पानपरागलगायतका सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !