१४ बैशाख २०८१, शुक्रबार

तीन अभियुक्त पक्राउ


पक्राउ

२६ भदौ, बर्दिवास । चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उनीहरुले गत शनिबार भङ्गाहा नगरपालिका–६ जमुनियाँका अर्जुन भुजेलको घरबाट रु १० लाख बराबरको धनमाल लुटपाट गरेका थिए ।

बन्दुक, खुँडा, खुकुरी, भाला र विष्फोटक पदार्थसहित पुगेका तीनै जनाले खुकुरी तथा गोली प्रहार गरी भुजेलसहित पाँच जनालाई घाइते बनाएका थिए । घाइतेको काठमाडौँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएकाहरुको बयानका आधारमा अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !