१५ बैशाख २०८१, शनिबार

दुर्घटनामा एकको मृत्यु


durghatana

१८ जेठ, मलेखु । बेनिघाट रोराङ गाउँपालिका– ३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा ८७ प ३३९३ नंको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा ४ ख १८९९ नंको ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो ।

दुर्घटनामा मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका–४ निवासी २८ वर्षीय निरन्जन सुनार घाइते भएकोमा राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना भएको ट्रक, ट्रकचालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !