१४ बैशाख २०८१, शुक्रबार

घाइते भेटिएका चौधरीको मृत्यु


जाडोका कारण मृत्यु

१८ जेठ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुर नजिक घाइते अवस्थामा फेला परेका कैलालीको भजनी रजवाराका २४ वर्षीय अमित चौधरीको उपचारका लागि लैजाने क्रममा बिहीबार मृत्यु भएको छ ।

कलुवापुर चोकबाट झण्डै १०० मिटर दक्षिणतर्फको सडकमा घाइते तथा अचेत अवस्थामा फेला परेका चौधरीलाई प्रहरीले अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते चौधरीको शरीरका विभिन्न भागमा चोटपटक लागेको देखिएकाले कुटपिट वा के कारणले चोटपटक लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !