८ बैशाख २०८१, शनिबार

विप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश


धर्मेन्द्र बास्तोला

काठमाडौं । सर्वोच्च अदालतले प्रतिबन्धित रूपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ । बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्र बागमती गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो ।

विप्लब समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले पक्राउ गरेको थियो । बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद् भए पनि हतियार बरामदबारे प्रहरीले खुलाएको थिएन ।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको हो ।

बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । महानगरीय प्रहरी वृत्त, सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो ।

यसअघि अदालतले छाड्न आदेश दिएपनि उनलाई पुन: पक्राउ गरिएको थियो । सहज वातावरण बने सरकारसँग वार्ता गर्न सकारात्मक रहेको विप्लवले शनिबार विज्ञप्तिमार्फत जानकारी गराएका थिए । विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र उक्त समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत हुन् ।

 

विप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतको आदेशविप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

यो पनि पढ्नुहोस्

विप्लव समूहप्रति सरकार कठोर बन्दै : नेता धर्मेन्द्र बाँस्तोला पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !