२४ बैशाख २०८१, सोमबार

स्याङ्जामा बिहानै थपिए २२ जना कोरोना संक्रमित


कोरोना भाइरस

३० जेठ, काठमाडौँ । गण्डकी प्रदेश स्याङ्जा जिल्लामा आज बिहान २२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै स्याङ्जामा कोरोना संक्रमितको संख्या ६० जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार स्याङ्जा जिल्लामा आज संक्रमण पुष्टि हुनेहरुमा वालिङ नगरपालिकामा ३३ र ३५ वर्षीय पुरुषहरु २ जना, गल्याङ्ग नगरपालिकाका १५ वर्षदेखि ६६ वर्ष उमेर समूहका १८ जना पुरुषहरु, स्रोत नखुलेको ४ वर्षीय बालक १ जना र अर्जुनचौपारी गाउँपालिकाका ३ जना पुरुषहरु गरी जम्मा २२ जना पुरुषहरु रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !