८ बैशाख २०८१, शनिबार

नेपालमा ८६१ जनाले जिते कोरोना, थप १८७ जना घर फर्किए


२९ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार निको हुने ८६१ जनामा ७७४ जना पुरुषहरु र ८७ जना महिलाहरु रहेका छन् । मंगलवार डिस्चार्ज हुने १८७ जनामा ८ जना महिला र १७९ जना पुरुषहरु रहेका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २५० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ । आज २५० कोरोना संक्रमितहरुमध्ये २३० जना पुरुषहरु र २० जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ४६१४ कोरोना संक्रमितहरुमध्ये ४२८५ जना पुरुषहरु र ३२९ जना महिलाहरु रहेका छन् । नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १८७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८६१ जना पुगेको छ ।

नेपालमा अहिलसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७५ हजार १४३ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख १५ हजार ९३० परीक्षणहरु गरिएका छन् । हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार १३ जना रहेका छन् । साथै आइसोलेसनमा रहनेको संख्या ३७३८ जना रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना र चितवनका १ जना गरी १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४६१४ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५० संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

नेपालमा ६७४ जनाले जिते कोरोना, थप ९० जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !