१२ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ४६१४ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५० संक्रमित


डा. जागेश्वर गौतम

काठमाडौँ, जेठ २९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २५० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ३ जना पुरुषहरु रहेका छन् । यस्तै नारायणी अस्पताल विरगञ्जको प्रयोगशालामा रौतहटका ३ जना पुरुषहरु, किटजन्य रोग अनुसन्धान प्रयोगशाला हेटौंडामा बाराका ७ जना र धादिङका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुषहरु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा सप्तरीका ९ जना पुरुषहरु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुषहरु, रौतहटका १५ जना पुरुषहरु र महोत्तरीका ४ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ८ जनामा संक्रमण पुष्टि भएका छन् । उनीहरुमध्ये २ जना महिलाहरु र ५ जना पुरुषहरु रहेका छन् ।

साथै भेरी अस्पतालको प्रयोगशालमा रोल्पाका १४ जना, बाँकेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४८ जना र सुर्खेतका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना पुरुष, प्युठानका ४ जना र रुपन्देहीका २९ जना रहेका छन् । यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा कैलालीका ७ जना, बाजुराका १८ जना र बझाङका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका ६ जना पुरुषहरु, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना पुरुष, रौतहटका ३९ जना पुरुषहरु रहेका छन् ।

नेपालमा अहिलसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज २५० कोरोना संक्रमितहरुमध्ये २३० जना पुरुषहरु र २० जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ४६१४ कोरोना संक्रमितहरुमध्ये ४२८५ जना पुरुषहरु र ३२९ जना महिलाहरु रहेका छन् । नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १८७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८६१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७५ हजार १४३ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख १५ हजार ९३० परीक्षणहरु गरिएका छन् । हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार १३ जना रहेका छन् । साथै आइसोलेसनमा रहनेको संख्या ३७३८ जना रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना र कैलालीका १ जना, स्याङ्जाका १ जना र चितवनका १ जना गरी १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा ८६१ जनाले जिते कोरोना, थप १८७ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

नेपालमा संक्रमितको संख्या ४३६४ पुग्यो, आज थपिए कोरोनाका नयाँ २७९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !