१२ आश्विन २०८१, शनिबार

कपिलवस्तुमा ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५६६ पुग्यो


कपिलवस्तुमा ८ जनामा कोरोना पुष्टि

कपिलवस्तु, जेठ २७ । कपिलवस्तु जिल्लामा आज दिउसो ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५६६ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज दिउसो नयाँ कोरोना संक्रमण पुष्टि हुनेहरुमा यशोधरा गाउँपालिका वाड न. ६ का बर्ष ३८ का पुरुष १ जना रहेका छन् । साथै शिवराज नगरपालिका वाड न. १ बर्ष १८ को पुरुष १ जना, वाड न. ९ का बर्ष १२ की १ जना युवती, वाड न. १० का बर्ष ४८ की महिला १ जना र बर्ष ४९ को १ जना पुरुष, वाड न ११ को बर्ष १८ को युवती १ जना, बर्ष १७, ३५ का २ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !