२२ बैशाख २०८१, शनिबार

कपिलवस्तुमा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२३ पुग्यो


कोरोना भाइरस

कपिलवस्तु, जेठ २४ । कपिलवस्तु जिल्लामा आज दिउसो थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५२३ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज फेरि नयाँ संक्रमण पुष्टि हुनेहरुमा महाराजगन्ज नगरपालिकाका ४ देखि ४६ बर्ष उमेर समूहका ३१ पुरुषहरु र ६ देखि ५५ बर्ष उमेर समूहका ६ महिलाहरु गरी कुल ३७ जना रहेका छन् । साथै यशोधरा गाउँपालिका वाड न. ७ की २५ वर्षीया महिला १ जना र २५ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको परीक्षणमा सबै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज बिहान मात्र कपिलबस्तुमा थप ५ जनामा कोरोना पुष्टि भएर कपिलवस्तुमा संक्रमितको संख्या ४८४ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु