२१ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा थप ४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७५ पुग्यो


कपिलवस्तु, जेठ २३। कपिलवस्तु जिल्लामा आज दिउसो थप कोरोना भाइरस (कोभिड-१९) संक्रमण ४४ जनामा पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४७५ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज नयाँ संक्रमण पुष्टि हुनेहरुमा महाराजगन्ज नगरपालिका वाड न. ९ का १८,२० वर्षीय २ जना पुरुषहरु र वाड न. १० का १६, २१, २२, २४, २६, २७, ३५, ३६, ३७, ३९, ३९, ४६, ४८ वर्षीय पुरुषहरु १३ जना गरी जम्मा १५ जना रहेका छन् ।

साथै यशोधरा गाउँपालिका वाड न. ७ का ८ महिने शिशु १ जना, १६, १७, २०, २०, २०, २१, २२, २३, २४, २४, २५, २५, २५, २५, २५, २६, २६, २८, २८, २९, ३०, ३०, ३०, ३८, ३८, ४०, ४५, ५२ वर्षीय पुरुषहरु गरी २९ जना कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । हिजो मात्र कपिलबस्तुमा थप १७ जनामा कोरोना पुष्टि भएर कपिलवस्तुमा संक्रमितको संख्या ४३१ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !