४ जेष्ठ २०८१, शुक्रबार

प्रदेश २ मा आज १०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९६१ पुग्यो


कोरोना भाइरस

काठमाडौँ, जेठ २२ । प्रदेश २ मा आज थप १०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६१ जना पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यो प्रदेशका ८ वटै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रौतहटमा ६५, बारामा १२, सप्तरीमा १२,धनुषामा ६, महोतरीमा ३, सर्लाहीमा ३ र पर्सा जिल्लामा १ जना गरी कूल १०२ जना कोरोना संक्रमित भएका हुन् । प्रदेशका सवै ८ जिल्लामध्ये रौतहट सबैभन्दा बढी ३८४ जना कोरोना संक्रमित भएका छन् ।

प्रदेश २ का रौतहटमा ३८४, सर्लाही १४९, पर्सा ११४, धनुषा ८८, सप्तरी ६९, बारा ६७, बारा ४७ र सिरहामा ४३ जना संक्रमित भेटिएका छन् । साथै महोत्तरी १, धनुषाका ४, सर्लाही १, रौतहट ३, बारा २ र पर्साका ९३ जना गरी जम्मा \१०५ जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

भारतबाट खुला सीमानाका भएकै कारण कोरोनाको जोखिम उच्च भएपनि परीक्षण अन्य प्रदेशको तुलनामा निकै कम रहेको छ । संक्रमण बढ्दै गएपनि कोरोना परीक्षणको दायरा घट्दो क्रममा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !