५ जेष्ठ २०८१, शनिबार

रौतहटमा बिहीबार मात्र ६५ जनामा कोरोना देखियो, संक्रमितको संख्या ३८३ पुग्यो


२२ जेठ, रौतहट । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् । यो सँगै रौतहटमा संक्रमित हुनेको कुल सँख्या ३८३ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !