९ जेष्ठ २०८१, बुधबार

पर्साका थप ६ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

पर्सा, जेठ २१ । पर्सा जिल्लामा आज बुधबार थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कालिकामाई गाउँपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिकाका २ जनाका गरी ६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

आज संक्रमित हुनेहरुमा कालिकामाई गाउँपालिकाका ४२, १५, ४५ र ३० वर्षीय पुरूषहरू ४ जना रहेका छन् । उनीहरु सवै ४ जना भारतबाट ८ दिन पहिले गाउँ फर्किएपछि गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । कालीकामाइ गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका २० जनाको गत आइतबार स्वाब वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो । तीमध्ये बुधबार ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

साथै सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षीय पुरूषहरू २ जना रहेका छन् । नारायणी अस्पतालमा उनीहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उनीहरु भारतको बनारस र लुधियानबाट जेठ १४ गते गाउँ फर्किएको दिनदेखि देउरवानाको क्वारेन्टाइनमा राखिएको थियो । गा‍उँपालिकाको २ वटा क्वरेन्टाइनमा रहेका ४५ जनाको स्वाब संकलन गरी जेठ १९ गते नारायणी अस्पतालको प्रयोगशालमा पठाइएको थियो । तीमध्ये बुधबार २ जनाको रिपोर्ट पोजिटिभ आएको हो । आज बुधबार संक्रमण पुष्टि भएका ६ जना संक्रमितलाई वीरगन्जको गण्डकस्थित विशेष कोभिड-१९ अस्थायी अस्पतालमा ल्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !